जनता टाइम्स

२३ फाल्गुन २०७७, आईतवार १८:३९

नांगै बन्यो प्रचण्ड-माधव समुह : संसद पुनःस्थापना हुँदा लड्डु खुवाएर खुसियाली, पहिलो बैठक नै बहिष्कार


काठमाडौं, फागुन २३ । प्रधानमन्त्री केपी शर्मा ओलीको राजनीतिक उचाईसँग तर्सिएर अनेकौ षडयन्त्र गरिरहेको पुष्पकमल दाहाल, प्रचण्ड र माधव कुमार नेपाल समुहले पुनःस्थापित प्रतिनिधिसभाको पहिलो बैठक नै बहिष्कार गरेर आफूलाई अराजकताको संवाहकमा स्थापित गरेको छ ।

सर्वाेच्च अदालतले फागुन ११ गते प्रतिनिधिसभा बिघटनलाई बदर गरी समय तोकेर अधिवेशन बोलाउन निर्देशन दिँदा एक अर्कालाई लड्डु खुवाएर हिन्दीमा ब्रिपिङ गर्दै खुसियाली मनाउनु भएका प्रचण्ड र माधवले सोही अदालतको आदेशअनुसार आज बोलाइएको संसद बैठक बहिष्कार गर्नुभएको हो ।

सर्वाेच्च अदालतले आजै नेकपा खारेज गरी नेकपा एमाले र नेकपा माओवादी केन्द्र ब्यूँताएपछि एमाले र माओवादीको हैसियतमा प्रतिनिधिसभामा सांसद रहे पनि माधव नेपाल निब्रस्त्र बन्दै प्रचण्डको शरणमा पुगेर बहिष्कार गर्नुभएको छ भने बैठकमा एमालेको सूर्य चिन्हबाट निर्वाचित सांद भीम रावलले आफूलाई निब्रस्त्र रुपमा प्रस्तुत गर्दै प्रधानमन्त्री कुन पार्टीको र सरकार कुन दलको भन्ने प्रश्न गर्नुभएको छ ।

प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले टिकट दिएर चुनावमा उम्मेद्वार बनेर जित्नुभएका रावलले आज आफै कुन दलको हो भनेर प्रश्न गर्नुभएको हो । उहाँको यो भनाई अदालत धम्क्याउन कतैबाट आएको निर्देशनको रुपमा बुझिएको छ ।

लामो समयदेखि समृद्धि र स्थायीत्व कायम हुन नदिइ छिमेकीको इसारामा मुलुककैबिरुद्ध अभियान चलाएको सो समुहले पहिलो बैठक बहिष्कार गरेपछि नियत पनि उदांगो भएको छ आफूहरुले बहिष्कार गरेपछि आफ्नै गुटका सभामुख अग्निप्रसाद सापकोटाले भएकोले बैठक नचल्ने निश्कर्षका साथ सो समुहले बहिष्कार गरेपनि सभामुख सापकोटाले भने बैठकलाई निरन्तरता दिन बाध्य हुनुपरेको छ ।