काठमाडौं, फागुन २४। नेकपा एमालेका केन्द्रीय सदस्य तथा प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले माधवकुमार नेपाल लगायतका पूर्वएमालेका नेताहरुले अब राजनीतिक सन्यास लिँदा उपयुक्त हुने बताउनुभएको छ । ओली–प्रचण्ड अध्यक्ष रहेको नेकपालाई सर्वोच्च अदालतले खारेज गर्ने आदेश दिएपछि वरिष्ठ नेता नेपाल लगायतका पूर्वएमाले नेताहरुको राजनीतिक हैसियत समाप्त भएको थापाको विश्लेषण छ ।
उनले भन्नुभयो , ‘प्रचण्डको राजनीतिक हैसियत रह्यो, माधव नेपाल, झलनाथ खनाल, भीम रावल, अष्टलक्ष्मी शाक्य लगायत नेताको राजनीतिक हैसियत सकियो, नैतिकताका आधारमा सन्यास लिँदा उपयुक्त हुन्छ ।’
प्रधानमन्त्री केपी शर्मा ओलीप्रति विषबमन गरेर नेताहरुले अराजनीतिक र अदूरदर्शी काम गरेको भन्दै नेता थापाले सर्वोच्चको आदेशले नेकपा खारेज गरी एमाले र माओवादी केन्द्र पूर्ववत अवस्थामा पुगेपछि नेपाल लगायतका नेताको राजनीति सकिएको दावी गर्नुभयो ।













प्रतिक्रिया दिनुहोस्