जनता टाइम्स

२४ फाल्गुन २०७७, सोमबार १८:४६

एमाले भएको मणि थापाको घोषणा


काठमाडौं, फागुन २४

नेकपा माओवादी केन्द्रका स्थायी कमिटी सदस्य समेत रहनु भएका खानेपानीमन्त्री मणि थापाले आफुहरु एमाले भएको घोषणा गर्नुभएको छ । सर्वोच्च अदालतको फैसला आएपछि उहाहरु के गर्ने भन्ने प्रश्न उठिरहेका बेला मन्त्री थापाले आफुहरु एमाले नै भएको घोषणा गर्नुभएको हो ।

अदालतको फैसलाको सम्मान गर्ने बताउदै उहाले आफूहरु राजनीतिक निर्णयबाट केपी ओलीसँग हिडेकाले अदालतको फैसलाले प्रभाव नपार्ने प्रतिक्रिया दिनुभयो ।

‘अदालतको फैसला आफ्नो ठाउँमा छ । राजनीतिक निर्णय मुख्य कुरा हुन्छ । हामी अदालतको कुरा मान्छौं र केपी ओलीलाई साथ दिदै उहाँकै नेतृत्वमा रहेको नेकपा एमाले भयौं अब भन्नुस’, थापाको भनाई थियो ।

माओवादी केन्द्रले एमालेमा लाग्दा कारवाही गर्छ भने त्यो उनिहरुको कुरा भएको बताउदै आफुहरुलाई पदको कुनै लोभ नभएको स्पष्ट पार्नुभयो ।