जनता टाइम्स

२५ फाल्गुन २०७७, मंगलवार ०९:१९

जो पद होइन, सही नीति र नेतृत्वको साथमा चट्टान बनेर खडा भए


काठमाडौं, फागुन २५ । प्रधानमन्त्री केपी शर्मा ओलीबिरुद्ध मिसन चलाइरहनु भएका माधवकुमार नेपालसहितका पूर्व एमाले नेताहरु सर्वाेच्च अदालतको फैसला मानेको भन्दै ओलीलाई नै अध्यक्ष मानेर एमालेमै फर्कनुभयो ।

सर्वाेच्चले नेकपालाई खारेज गरी एमाले र माओवादी केन्द्र ब्यूताएसँगै आफ्नो सांसद पद जाला भनेर पूर्ववत पार्टीमा फर्कने निर्णय गरे । तर पाँच नेता यस्ता देखिए, जो पद होइन, नीति र नेतृत्वप्रतिको बिश्वासमा रहे । गृहमन्त्री रामबहादुर थापा (बादल), टोपबहादुर रायमाझी, मणि थापा, लेखराज भट्ट, प्रभु साहलगायत जिल्लादेखि प्रदेश हुँदै केन्द्रसम्म कठिन समयमा केपी ओलीको समर्थनमा उभिने निर्णय गर्नुभएको छ । ‘बरु पद छाडिन्छ, केपी ओली छाडिन्न,’ पाँचै नेताहरुको भनाई छ ।

उहाँहरुले बास्तबमा पद होईन, नीति र नेतृत्वप्रती बिश्वास गर्नुहुदो रहेछ भनेर प्रमाणित गर्नुभयो।उहाँहरु जनताको प्यारो पार्टी नेकपा (एमाले) मा हुनु गर्बको कुरो हो, यो निर्णयले उहाँहरु एमालेजनको मन मनमा बस्न सफल हुनुभएको छ, अधिकांश पूर्वएमाले कार्यकर्ताको भनाई ।