काठमाडौं, फागुन २५
नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले आजबाट आधिकारिक रुपमा धुम्बाराहीमा रहेको पार्टी कार्यालयलाई आफ्नो बनाएको छ । यसअघि नेकपाको मुख्य कार्यालय रहेकोमा सर्वोच्चको आदेशले एमाले ब्युँतिएपछि आज त्यहा एमालेको साइन बोर्ड राखिएको छ ।

मंगलबार विहान तत्कालिन नेकपा मुख्यालय रहेको धुम्बाराहीमा नेकपा (एमाले) को बोर्ड राखिएको छ । नेकपाको सट्टा एमालेको बोर्ड राखिएको पार्टी कार्यालयका सचिव ईश्वरी रिजालले जानकारी दिनुभयो । नेकपाका अधिकांश जिल्ला कार्यालयहरु एमालेको नाममा रहेका छन् ।

त्यसैले अधिकाशं पार्टी कार्यालयमा नेकपाको नाम हटाएर एमालेको बोर्ड राख्न सोमबारदेखि नै सुरु भईसकेको छ । बोर्ड राख्ने कामको शुरुवात अध्यक्ष एंव प्रधानमन्त्री केपी शर्मा ओली पक्षको अग्रसरतामा भईरहेको छ ।













प्रतिक्रिया दिनुहोस्