काठमाडौं, फागुन २५
महाशिवरात्रीका दिन पवित्र पशुपतिनाथ मन्दिरको दर्शन १ घण्टामा गर्न पाइने भएको छ । पशुपति क्षेत्र विकास कोषका अनुसार लाइनमा बस्न शुरु गरेको बढिमा एक घण्टाभित्र दर्शन गर्न सक्ने गरी व्यवस्था मिलाइएको जनाएको छ ।
कोषका कार्यकारी निर्देशक डा. घनश्याम खतिवडाका अनुसार कोरोना भाइरसका कारणले गर्दा पशुपति आउने सबै भक्तजनलाई मास्क अनिवार्य गरिएको बताउनु भयो । उहाले विशेष पुजा एकादशीका दिन देखी २ हजार १ रुपैयाँ तिर्नेलाई मात्र गराउने जानकारी दिनुभयो । यसपटक कोरोनाले गर्दा ११ सय को विशेष पूजा राखिएको छैन ।
शिवरात्रीका दिन हुने विशेषपूजा भने पाँच हजारको मात्र राखिएको छ । दर्शनार्थीलाई यसपटक पनि विगतको जस्तै तीन वटा ढोका र विशिष्ठ व्यक्तिहरुलाई पूर्वी ढोकाबाट दर्शन गर्ने व्यवस्था मिलाइएको कार्यकारी निर्देशक खतिवडाले जानकारी दिनुभयो । यसैबीच २५ गतेदेखी २८ गतेसम्म आर्यघाट सञ्चालन नहुने भएको छ ।













प्रतिक्रिया दिनुहोस्