जनता टाइम्स

२५ फाल्गुन २०७७, मंगलवार १५:५४

सरकारका विषयमा माओवादीले गर्न सकेन निर्णय


काठमाडौं, फागुन २५

नेकपा माओवादी केन्द्रले वर्तमान सरकारलाई दिएको समर्थनका विषयमा कुनै निर्णय गर्न सकेन् । प्रधानमन्त्री केपी शर्मा ओली सरकार ढालेर नयाँ सरकार बनाउनेबारे अन्य दुई दलको पनि उपस्थिति हुनुपर्ने भएपछि माओवादी अहिले पर्ख र हेरको अवस्थामा पुगेको हो ।

पेरिसडाँडामा तीन वर्षपछि पहिलो पटक बसेको स्थायी कमिटी बैठकले सर्वोच्च अदालतको पछिल्लो फैसलाप्रति गम्भिर छलफल गरेको नेता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो । ‘संसदमा कसरि अगाडि बढ्ने भन्नेमा नेपाली कांग्रेस र जनता समाजवादी पार्टीसँग मुख्य जोड छलफल गरी अगाडि बढ्छौं । यसमा एमालेसँग पनि छलफल हुन्छ’, उहाले भन्नुभयो ।

माओवादीलाई नयाँ सरकार बनाउन जसपा र कांग्रेसले अनिवार्य समर्थन गर्नुपर्ने हुन्छ । एमालेलाई दिएको समर्थन फिर्ता लिएमा ओलीलाई बहुमत पु¥याउन थप १६ सांसद आवश्यक पर्नेछ ।