काठमाडौं, फागुन २५
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनियमिततामा मुछिएकाविरुद्ध मुद्दा दर्ता गर्न शुरु गरेको छ । अख्तियारले पछिल्लो समय निक्कै चर्चामा रहेका ठेकेदार मनोज भेटवालसहित १० जना विरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो ।
उनी विरुद्ध बैंकिङ कसुरमा मंगलबार मुद्दा दायर भएको विशेष अदालतका प्रवक्ता पुष्पराज पाण्डेयले जानकारी दिनुभयो । पुरानो बसपार्कमा काठमाडौं भ्युटावर निर्माण गरिरहेको जलेश्वर स्वच्छन्द विकोइ विल्डर्सका सञ्चालक भेटवाललाई पक्राउ गरेर अदालतमा बुझाइएको अख्तियारका प्रवक्ता नारायणप्रसाद रिसालले जानकारी दिनुभयो । भेटवालविरुद्ध भ्युटावर निर्माणमा अनियमितता गरेको ११ थान उजुरी परेको अख्तियारले जनाएको छ ।













प्रतिक्रिया दिनुहोस्