काठमाडौं, फागुन २५
तत्कालिन नेकपाको प्रचण्ड–नेपाल समुहका नेता भिम रावलले प्रतिनिधिसभा पुनःस्थापना भएपछि प्रधानमन्त्री केपी शर्मा ओली कुन पार्टी हो भनेर प्रश्न उठाउनु भएको थियो । सो प्रश्न निक्कै चर्चित बन्यो । अधिकाशंले उल्टै रावललाई तपाई कुन पार्टीको ? भनेर प्रश्न आयो ।
त्यसको भोलीपल्ट प्रधानमन्त्री ओलीले पनि जवाफ फर्काउदै सर्वोच्च अदालतमा गएर सोध्न भन्नुभयो । तर, अहिले समय फेरिएसँगै रावलको बोली पनि फेरिएको छ । उहाले प्रधानमन्त्री केपी शर्मा ओली आफुहरुकै पार्टी एमालेको भएको बताउनु भएको छ । एक टेलिभिजनलाई दिएको अन्तर्वार्तामा उहाले ओली पार्टीको प्रधानमन्त्री भएकाले संसदमा विश्वासको मत दिनुपर्ने बेला आए दिने बताउनु भयो ।
‘हाम्रो पार्टीको प्रधानमन्त्रीले हाम्रो पार्टीको अध्यक्ष भएको व्यक्तिले प्रतिनिधिसभामा विश्वासको मत लिनुभयो भने हामी विश्वासको मत दिन्छौ नि त्यहा गएर’, नेता रावलले भन्नुभयो, ‘नेकपा एमालेमा बैठक गरी निर्णय गरेर संसदमा गएपछि के त्यहा गएर हामी विपक्षमा मत हाल्छौं भनेर सोच्नु भएको छ ।













प्रतिक्रिया दिनुहोस्