जनता टाइम्स

२५ फाल्गुन २०७७, मंगलवार २१:२६

सरकारले गर्यो राष्ट्र बैंकको डेपुटी गभर्नरमा पहिलो पटक महिलालाई नियुक्त


काठमाडौं, फागुन २५

सरकारले नेपाल राष्ट्र बैंकको रिक्त रहेको डेपुटी गभर्नरमा निलम ढुङ्गाना तिमिल्सिना र बमबहादुर मिश्र नियुक्त गरेको छ । गभर्नर महाप्रसाद अधिकारीले गर्नुभएको सिफारिसमध्ये ढुङ्गाना र मिश्रलाई आज बसेको मन्त्रिपरिषद्को बैठकले नियुक्त गरेको हो ।

अघिल्लो साता पाँच बर्षे कार्यकाल पुरा गरेर चिन्तामणि शिवाकोटी र शिवराज श्रेष्ठ अवकाश भएपछि डेपुटी गभर्नर पद रिक्त थियो । ढुङ्गाना अहिले राष्ट्र ऋण विभागकी कार्यकारी निर्देशक हुनुहन्छ भने मिश्र बिदेशी विनिमय ब्यवस्थापन विभागका कार्यकारी निर्देशक हुनुहुन्छ ।

ढुङ्गाना राष्ट्र बैंकको पहिलो महिला डेपुटी गभर्नर हुनुहुन्छ । मिश्रसँग बाणिज्य बैंकहरुमा पनि काम गरेको अनुभव छ ।