काठमाडौं, फागुन २६
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मंगलबार एकैपटक नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र जसपाका नेता डा. बाबुराम भट्टराईलाई प्रधानमन्त्रीको प्रस्ताव राखेको खुलेको छ ।
करिव दुई तिहाईको अध्यक्षबाट तेस्रो दलमा खुम्चिनु भएका प्रचण्ड अर्को प्रधानमन्त्री खोज्दै हिड्नु भएको हो । उहाले हिजो भेट्नु भएका देउवा र भट्टराईलाई प्रधानमन्त्री बन्न अफर गर्नुभएको हो । देउवा निवास बुढानिलकण्ठमा भएको भेटमा उहाले कांग्रेसको नेतृत्वमा आफुहरु सरकारमा जान तयार रहेको बताउनु भएको थियो । कांग्रेसका एक नेताका अनुसार प्रचण्डले कांग्रेसले नयाँ सरकार गठनको नेतृत्व लिनुपर्ने प्रस्ताव गर्नुभएको थियो ।
जवाफमा देउवाले पहिला सरकारबाट समर्थन फिर्ता लिएर आउन आग्रह गर्नुभएको थियो । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारमा पनि रहिरहने र यता आएर पनि प्रधानमन्त्री बनिदिनुपर्यो भन्ने दुईधारे कुरा नगर्न सुझाव दिनु भएको थियो । करिव २० मिनेट लामो भेटवार्तामा जसपालाई कसरी हातमा लिने भनेर पनि छलफल भएको बताइएको छ ।
देउवालाई भेटे लगत्तै प्रचण्डले जसपाका नेता भट्टराईलाई भेटेर कांग्रेसको भर नभएको भन्दै तपाईकै नेतृत्वमा सहमतिय सरकार बनाउन पहल गर्नुभएको थियो । ‘कांग्रेसभित्र विवाद रहेकाले देउवाको भर छैन, मैले रामचन्द्र पौडेलसँग कुरा गरिसकेको छु’, प्रचण्डको भनाई उदृत गर्दै स्रोतले भन्यो, ‘जसरी पनि ओलीलाई प्रधानमन्त्रीबाट हटाउनुपर्यो, त्यसका लागि सहमतिय सरकार बनाउने पहल गर्नुहोस् ।’ प्रचण्डले जसपाका नेताहरुसँग पनि भेटवार्ता गर्ने तयारी गर्नुभएको छ । उहाले त्यहा महन्थ ठाकुरलाई प्रधानमन्त्रीका लागि प्रस्ताव गर्ने तयारी भईरहेको स्रोतको दावी छ ।













प्रतिक्रिया दिनुहोस्