जनता टाइम्स

२६ फाल्गुन २०७७, बुधबार १९:४७

हावाहुरीले रुख ढल्दा पृथ्वीराजमार्ग अवरुद्ध


दमौली, फागुन २६

पृथ्वीराजमार्गस्थित तनहुँको म्याग्दे गाउँपालिका–६ स्थित रिठेपानीमा रुख ढल्दा पृथ्वीराजमार्ग अवरुद्ध भएको छ । आज दिउँसो आएको हावाहुरीसहितको वर्षाले रुख ढाल्दा राजमार्ग अवरुद्ध भएको हो ।

साना सवारी सञ्चालन भए पनि ठूला सवारीसाधन रोकिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सनाले जानकारी दिनुभयो । रुख पन्छाएर राजमार्ग सञ्चालन गराउनका लागि बेलचौताराबाट एस्काभेटर मगाइएको र करीब आधा घण्टामा राजमार्ग सञ्चालन हुने उहाँले जानकारी दिनुभयो ।