जनता टाइम्स

२७ फाल्गुन २०७७, बिहीबार १५:१७

मुख्यमन्त्री राउतद्वारा असत्यसँग लड्न शक्ति प्रदानको कामना


जनकपुर, फागुन २७

मुख्यमन्त्री लालबाबु राउतले हिन्दू धर्मावलम्बीको महान पर्व महाशिवरात्रि पर्वको अवसरमा सम्पूर्ण हिन्दू धर्मावलम्बी एवं प्रदेशवासीमा हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ ।

उहाँले असत्यसँग लड्न भगवान् शिवले प्रदेशवासीमा शक्ति प्रदान गरून् भनी कामनासमेत गर्नुभएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्द्वारा आज जारी विज्ञप्तिमा उल्लेख छ ।