कास्की, फागुन २७
प्रधानमन्त्री केपी शर्मा ओलीको साथ ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री टोपबहादुर रायमाझीले नछाड्ने बताउनुभएको छ । नेकपा एमालेले आज पोखरामा गरेको कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री मन्त्री रायमाझीले सांसद पद अहिले आफूलाई गौण कुरा भएको बताउनुभउको हो ।
‘विचार, राजनीति, योजना कार्यक्रम जोगाउन लाग्ने कि संसद जोगाउन लाग्ने ? उहाँले भनिसकेपछि विचार छोडियो भने विचलित भइन्छ’ मन्त्री रायमाझीले भन्नुभयो ‘मेरो अर्थमा सांसद पद गौण भाछ अहिले । सांसद पद बचाउन हामी हिंड्ने पक्षमा छैनौं ।’ सर्वोच्च अदालतको फैसलाले एमाले, माओवादी केन्द्र ब्युँतिएपछि उहाँ खुलेरै एमालेको पक्षमा लाग्नुभएको हो ।
माओवादीबाट चुनाव जित्नुभएको मन्त्री रायमाझीले माओवादी केन्द्रले अर्को पार्टीसँग मिलेर सत्ता चलाउने अवस्था नै नरहेको बताउनुभयो । उहाँले थप्नुभयो,‘प्रचण्डजी र माओवादी केन्द्रसित त हामी यसै पनि लडिराखेका थियौं । जति छन् त्यतिले जसपा, कांग्रेससँग मिलेर सरकार बनाउने सम्भावना एकदमै कम छ । एक % पनि छैन ।’













प्रतिक्रिया दिनुहोस्