जनता टाइम्स

२७ फाल्गुन २०७७, बिहीबार १७:१७

प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न जसपाका ५ शीर्ष नेता बालुवाटारमा


काठमाडौं, फागुन २७

प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न जनता समाजवादी पार्टी (जसपा) का ५ जना शिर्ष नेता बालुवाटार जानुभएको छ । अहिलेको परिस्थतिमा नयाँ सत्ता सहकार्यबारे जनता समाजवादी पार्टीका नेताहरुबीच छलफल हुने भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिनुभयो ।

बालुवाटार जाने नेताहरुमा महन्थ ठाकुर, बाबुराम भट्टराई, उपेन्द्र यादव, राजेन्द्र महतो र अशोक राई हुनुहुन्छ । यसअघि नै भावी सत्ता सहकार्यका लागि छलफल गर्न नेकपा एमाले र जसपा नेताहरु रहेको कार्यदल समेत बनेको थियो ।