काठमाडौं, फागुन २८
नेकपा एमालेका नेता एंव पूर्वमन्त्री गोकुल बाँस्कोटाले एउटा गुट समाप्त हुनासाथ फेरी अर्को गुटगत मोर्चाबन्दी गर्नु गलत भएको बताउनु भएको छ । प्रचण्डलाई छाडेर एमालेमा आउनु भएका वरिष्ठ नेता माधवकुमार नेपालले गुटगत भेला जारी राखेका बेला नेता बाँस्कोटाको यस्तो भनाई आएको हो ।
उहाले माधव नेपाल पक्ष एमालेमा ४० प्रतिशत पु¥याउन आएकोे भए २२ प्रतिशत पनि नपुग्ने बताउनु भयो । हिजोको गल्तीको आत्मालोचना गर्नुको साट्टो उल्टै संस्थापन पक्षलाई धम्की दिन थालेको उहाको भनाई छ ।
‘मुद्दा हारेको झगडियाले २४ घण्टा बर्बराउनु ठिकै हो तर वाहृ महिना वाहृैकाल बर्बराउनु चै घामटपन । एउटा गुट समाप्त हुनासाथ फेरि गुटगत मोर्चाबन्दी गर्नु सोहृै आना गलत’, नेता बाँस्कोटाले सामाजिक सञ्जालमा भन्नुभएको छ, ‘हिजोको गल्तीको आत्मालोचना त कताहोकता उल्टै गुटको भेलाबाट संस्थापनलाई धम्की ? ४०% होईन २२% पनि पुग्दैन । वाहियात !’













प्रतिक्रिया दिनुहोस्