काठमाडौं, फागुन २८
नेकपा एमालेको शुक्रबार बसेको केन्द्री कमिटीको विशेष बैठकले केही निर्णय गरेको छ । जसमा नवौं महाधिवेशनबाट निर्वाचित पदाधिकारीमध्ये अध्यक्ष र महासचिव राखेर सबै हटाइएको समाचारहरु बाहिर आईरहेको छ ।
बैठकपछि प्रवक्ता प्रदीपकुमार ज्ञवालीले एक विज्ञप्ती जारी गरी केही संगठनात्मक निर्णयहरु भएको बताउनु भएको छ । प्रचण्ड छाडेर एमालेमा आउनु भएका वरिष्ठ नेता माधवकुमार नेपालसहित सो समुहका पदाधिकारीको पद खोसिएको हो त ? भन्ने प्रश्नमा प्रवक्ता ज्ञवाली यसो भन्नु हुन्छ, ‘हाम्रो विधानमा महाधिवेशन आयोजक कमिटी बनाउने व्यवस्था छैन । साविक केन्द्रीय कमिटीले नै महाधिवेशन गर्छ । तर, कहिलेकाँही यस्तो अवस्था आउन सक्ला, जहाँ चाही हामीले महाधिवेशन आयोजक कमिटी बनाएर जानु परोस् । त्यस्तो भयो भने, आयोजक कमिटी बनाईसकेपछि साविकका पदाधिकारी त नरहने अवस्था हुने भो । त्यो चाँही आयोजक कमिटी बनेको अवस्थामा हो । अहिले आजका मितिमा चाँही हाम्रा पदाधिकारीहरु यथावत नै हुनुहुन्छ ।’













प्रतिक्रिया दिनुहोस्