मकवानपुर, फागुन २९
मनहरी–६, सुनाचुरीमा झापाबाट काठमाडौं आउदै गरेको रात्रीबस र ट्रक एक आपसमा जुध्दा ३ जनाको मृत्यु भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत् हेटौंडा–चितवन सडक खण्डमा बिहान ३ बजेतिर बस र ट्रक एकआपसमा ठोक्किदा १० जना घाइते भएका छन् ।
काँकडभिट्टाबाट काठमाडौँ जाँदै गरेको ना ४ अ ५१४९ नम्बरको यात्रुबाहक बस र विपरीत दिशातर्फ जाँदै गरेको ना ६ ख ८९ नम्बरको ट्रक एक आपसमा ठक्कर खाइ दुर्घटनाग्रस्त हुँदा बसका चालकसहित ३ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
मृत्यु हुनेमा बस चालक वीरगञ्ज–१५ का ३५ वर्षीय मदनकुमार थापा, बसमा सवार भारत सिस्वाका अन्दाजी ४० वर्षीय अभयलाल कुशवाह र भारत बिहारका ४० वर्षीय सुनिल कुमार रहेको प्रहरीले जनाएको छ ।
बस चालक थापा र कुमारको उपचारको क्रममा चितवनस्थित पुरानो मेडिकल कलेज र कुशवाहको हेटौंडा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।













प्रतिक्रिया दिनुहोस्