काठमाडौं, चैत्र १ । नेकपा माओवादी (केन्द्र) का संघीय संसद र प्रदेशसभाका गरी १३ जना प्रत्यक्ष निर्वाचित सांसद एमालेको केन्द्रीय कमिटी सदस्यमा मनोनीत भएका छन् ।
पुस ५ गते प्रधानमन्त्री ओली ले प्रतिनिधिसभा विघटन गरेपछि विभाजित भएको तत्कालीन नेकपाको ओली पक्षमा लागेका प्रदेश सांसदहरू एमाले, माओवादी ब्युँतिएपछि माओवादीमा फर्किन चाहेनन् र उनीहरूले बरु सांसद पद त्याग्न तयार रहेको तर ओलीलाई छाड्न नसकिने बताए । शनिबार बिहान केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको स्थायी कमिटी बैठकले ओली सरकारमा सहभागी भएका मन्त्रीलाई फिर्ता हुन निर्देशन दिएको थियो ।
ओली सरकारमा सहभागी गृहमन्त्री रामबहादुर थापा बादल, ऊर्जामन्त्री टोपबहादुर रायमाझी, खानेपानीमन्त्री मणि थापा, सिँचाइमन्त्री प्रभु साह, खेलकुदमन्त्री दावा लामा र श्रम मन्त्री गौरीशंकर चौधरीलाई फिर्ता हुन माओवादीले निर्देशन दिएको हो ।
साथै बैठकले एमालेको केन्द्रीय समितिमा सिफारिस भएका हाम्रो पार्टीका २३ जना नेतालाई आफ्नो पोजिशन २४ घण्टाभित्र स्पष्ट पार्न पनि निर्देशन दिएको छ्। तत्कालीन नेकपामा विवाद हुँदा उनीहरु ओलीतिर लागेका हुन् भने त्यतिबेला ओलीलाई सहयोग गर्दा थापा, साह र लामाले मन्त्री बन्ने मौका पाएका थिए । उनीहरुले राजीनामा नदिए कारबाही गर्ने तयारी माओवादी केन्द्रको रहेको बुझिएको छ ।
प्रतिनिधिसभामा ५३ सिट रहेको माओवादी केन्द्रका चारजना सांसद एमालेमा लागेका छन् । उनीहरू माओवादीमा नफर्किने निश्चित भएकाले अब प्रतिनिधिसभामा माओवादी पार्टी ४९ सिटमा सिमित भएको छ ।
त्यस्तै राष्ट्रियसभाका दुईजना सांसद एमालेमा लागेका छन् । प्रदेशसभातर्फ प्रदेश १ का एकजना, प्रदेश २ का एकजना, लुम्बिनीका दुईजना, कर्णालीका २ जना र सुदूरपश्चिमका एकजना प्रदेशसभा सदस्य माओवादी छाडेर एमाले बनेका छन् ।
प्रतिनिधिसभा
१. टोपवहादुर रायमाझी, अर्घाखाँची
२. लेखराज भट्ट,कैलाली( ४
३. गौरीशंकर चौधरी, कैलाली(३
४. प्रभु साह, रौतहट ३
राष्ट्रियसभा
१. रामबहादुर थापा ‘बादल’
२. चन्द्रबहादुर खड्का
प्रदेशसभा
१. टंक आङवोहाङ,ताप्लेजुङ
२. ज्वालाकुमारी साह,बारा
३. दधिराम न्यौपाने, रुपन्देही
४. दिनेश पन्थी,गुल्मी
५. ठम्मर विष्ट, सुर्खेत
६. धर्मराज रेग्मी, दैलेख
७. झपट बोहरा, अछाम












प्रतिक्रिया दिनुहोस्