काठमाडौँ, चैत्र २
नेकपा एमालेका नेता माधवकुमार नेपाल पेरिसडाँडाबाट छुटेको करिव एक सातामा पार्टी कार्यालय आइपुग्नु भएको छ । उहा अर्याल होटलमा केही दिन गुटको गतिविधि संचालन गरेर प्रधानमन्त्री एंव अध्यक्ष केपी शर्मा ओलीसँग वार्ता गर्न पार्टी कार्यालय आइपुग्नु भएको हो ।
प्रधानमन्त्री ओलीले पटक पटक पार्टी कार्यालयमा आएर छलफल गर्न आग्रह गरेपछि उहासहित सो गुटका नेताहरु धुम्बाराहीस्थित पार्टी कार्यालय आइपुग्नु भएको छ । समानान्तर कमिटी गठन, आफु पक्षिय राष्ट्रिय भेला गर्दै एमाले पार्टी फुटाउने उद्घोष गर्नुभएका नेता नेपाल र संस्थापन पक्षबीचको वार्तालाई सकरात्मक रुपमा लिइएको छ ।
फागुन २३ गते सर्वोच्च अदालतले नेकपा एमाले ब्युँताएपछि सो समुह प्रचण्डसँग तत्कालका लागि देखिने गरी सहकार्य छाडेर एमालेमा आएको थियो । तर, प्रचण्डका अभिव्यक्ति र नेपाल समुहको गतिविधि मिलिरहेपछि एमालेमा आशंका उत्पन्न हुदै आएको छ । कतिपय कार्यकर्ता एमाले फुट्ने पो हो कि भनेर चिन्ता व्यक्त गरिरहेका छन् ।













प्रतिक्रिया दिनुहोस्