काठमाडौं, चैत २
बहराइन राजपरिवारका एक सदस्यसहित १६ जनाको टोली सर्वोच्च शिखर सगरमाथा आरोहणको लागि काठमाडौं आइपुगेको छ । टोलीमा राजपरिवारका सदस्य सेख मोहम्मद अमाद अल कोलिफासहितको १६ जना रहेका छन् ।
टोलीका सदस्य रोयल गार्ड डिफेन्स फोर्समा कार्यरत १३ जना तथा तीन जना बेलायती नागरिक छन् । सो टोली ८० दिन नेपालमा रहनेछ । टोलीले गोरखाको चुमनुब्री गाउँपालिका १ स्थित समागाउँका लागि कोरोना भाइरसविरुद्वको दुइ हजार डोज खोप सहयोगस्वरुप प्रदान गर्न कार्यक्रम छ । सो टोलीले सन् २०२० को अक्टोबरमा मनास्लु हिमाल र लोबुचे हिमाल सफलतापूर्वक आरोहण सम्पन्न गरेको थियो ।













प्रतिक्रिया दिनुहोस्