काठमाडौं, चैत ३ । प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी एकता वा सहमतिका नाममा अव फेरि अल्पमतमा पर्ने गल्ती नगर्ने घोषणा गर्नुभएको छ । नेकपा बिभाजन भएसँगै एमाले र माओवादी केन्द्र ब्यूतिएपछि एमाले अध्यक्षसमेत रहनुभएका प्रधानमन्त्री ओलीले अव बिगतमा जस्तो अल्पमतमा परेर पार्टी एकता गर्ने गल्ती नगर्ने प्रष्ट पार्नुभएको हो ।
‘सबैले स्पष्ट के बुझे हुन्छ भने अब म अल्पमतमा पर्ने गल्ती गर्दिनँ। अल्पमतमा एकछिन पर्दा के हुँदो रहेछ भन्ने मैले देखेँ। बहुमत बनाइदिएँ उहाँहरूको मैले। एकताका लागि मिलेर मात्रै निर्णय गर्न पाइने नीति छ। त्यो उहाँहरूले मान्नुभएन’, एउटा दैनिक पत्रिकालाई दिनुभएको अन्तवार्तामा प्रधानमन्त्री ओलीले भन्नुभएको छ । पार्टी एकताका लागि उदार मनले अरुको बहुमत बनाइ दिँदा आफैलाई छुरी लिएर काटन आएको तथ्य पनि प्रधानमन्त्री ओलीले खोल्नुभएको छ ।
‘बहुमत हुनेबित्तिकै उहाँहरू छुरी लिएर रेट्न थालिहाल्नुभयो। मेरो त हातखुट्टा समाइहाल्नुभयो नि १ रेटिएर मारिन मान्छस् कि मार हान्छौं छ्याम्म पारेर, त्योचाहिँ मान्छस्, लु रोज् भन्ने उहाँहरूले रोजाउन थाल्नुभयो। मैले रेटिन पनि मञ्जुर छैन, मार खान पनि मञ्जुर छैन भनिदिएँ,’ प्रधानमन्त्री ओलीले भन्नुभयो
०७५ जेठ ३ मा एमाले र माओवादी एकीकरण भई नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० बनेको थियो। त्यस क्रममा दुवै दलका अध्यक्ष स्वतः अध्यक्ष बनाइएका थिए। ठूलो दलका हैसियतमा एमालेका ओली प्रथम अध्यक्षको मर्यादामा हुनुहुन्थ्यो । तर एमालेतर्फका माधवकुमार नेपाल र माओवादीका पुष्पकमल दाहालको गठबन्धन बनेपछि ओली अल्पमतमा पर्नुभयो । ओली अल्पमतमा पर्नसाथ प्रचण्ड माधवले उहाँबिरुद्ध अभियान चलाउनु भयो । यही तथ्यलाई बुझेर प्रधानमन्त्री ओलीले अव त्यस्तो गल्ती नगर्ने बताउनु भएको हो ।
प्रतिक्रिया दिनुहोस्