काठमाडौं, चैत ३
सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले सरकारले दूूरसञ्चार पूर्वाधार कम्पनी छिट्टै स्थापना गर्ने तयारी गरेको बताउनुभएको छ । आज मन्त्रालयमा आयोजित सूचना प्रविधि क्षेत्रका विज्ञहरुसँगको अन्तरक्रिया कार्यक्रममा दूर सञ्चार सेवालाई सहज, सस्तो र गुणस्तरीय बनाउन पनि सरकारले सो सम्बन्धि छुट्टै पूर्वाधार कम्पनी स्थापना गर्ने कामलाई अघि बढाएको जानकारी दिनुभएको हो ।
उहाँले मुलुकलाई समृद्ध बनाउने गरी सूचना प्रविधि क्षेत्रको विकास गर्न आगामी आर्थिक वर्षको नीति, कार्यक्रम र बजेट बनाउन लागिएको उल्लेख गर्दै त्यसका लागि आवश्यक सुुझाव दिन सम्बन्धित निकायलाई आग्रह गर्नुभयो । ‘सूचना प्रविधि क्षेत्रको विकास गरेर मुलुकलाई समृद्ध बनाउने गरी आगामी आर्थिक वर्षको नीति, कार्यक्रम र बजेट ल्याउने सरकारले योजना बनाएको छ,’ मन्त्री गुरुङले भन्नुभयो, ‘त्यसका लागि सुुझाव दिन म सरोकारवाला सबैलाई आग्रह गर्दछुु ।’
मन्त्री गुरुङले सरकारले अघि बढाएको ‘डिजिटल नेपाल फ्रेमवर्क’ कार्यक्रमलाई प्रभावकारी बनाउने काममा सहकार्य गरेर अघि बढन निजी क्षेत्रलाई पनि आह्वान गर्नु भयो । त्यस अवसरमा उहाँले नागरिक एपलाई प्रभावकारी बनाउन सम्बन्धित निकायलाई सचेत गराउनुभयो ।
प्रतिक्रिया दिनुहोस्