काठमाडौं, चैत ३ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी एमालेले माधवकुमार नेपाल समुहले आयोजना गरेको भेलामा सहभागी नहुन बिशेष निर्देशन दिएको छ । एमाले महासचिव इश्वर पोखरेलले आज बिज्ञप्ती जारी गर्दै कसैको निर्देशनमा पार्टीलाई कमजोर पार्ने गरी माधव समुहले भेला आयोजना गरेको भन्दै सहभागी नहुने बिशेष निर्देशन दिनुभएको हो ।
महासचिव पोखरेलले एमालेले कुनै भेला आयोजना नगरेको भन्दै सहभागी हुनेमाथि कठोर कार्वाहीको चेतावनीसमेत दिनुभएको छ । ‘यस्तो अनाधिकृत गुटगत भेला नगर्न/नगराउन, भेला आयोजनाको भ्रम नफैलाउन र कसैले बोलाएमा पनि त्यस्तो अनुशासनहीन गुटगत भेलामा सहभागी नहुन नेकपा एमालेका सवै नेता/कार्यकर्ताहरुलाई बिशेष निर्दशन गर्दछ । अन्यथा मुलुकको संबिधान, पार्टी र संसदीय दलको बिधानको ब्यवस्था एवं नियमावली बमोजिम हुने कुरा पनि स्पष्ट गरिन्छ,’ महासचिव पोखरेलले जारी गर्नुभएको बिज्ञप्तीमा भनिएको छ ।














प्रतिक्रिया दिनुहोस्