काठमाडौं, चैत्र ४
नेकपा एमालेका नेता एवम् लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले मुख्य नेताविरुद्ध प्रहार गरेर पार्टी एकता हुन्छ भन्नु गलत भएको बताउनु भएको छ । उहाले मुख्य नेतालाई प्रहार केन्द्रीत गरेर पार्टीको एकता एंव आन्दोलनको हित र विकास नहुने बताउनु भएको हो ।
माधव नेपाल गुटले पार्टी एकताका लागि भन्दै आयोजना गरेको राष्ट्रिय भेला केवल अध्यक्ष केपी शर्मा ओलीविरुद्ध गाली गर्न लक्षित भईरहेका बेला उहाको यस्तो भनाई आएको हो । संस्थापन पक्षका नेता समेत रहनु भएका पोखरेलले भन्नुभएको छ, ‘पार्टी र आन्दोलनको मुख्य नेताका विरुद्धमा प्रहार केन्द्रित गरेर न पार्टी एकताको रक्षा हुन्छ नत आन्दोलनको हित र विकास नै ।’













प्रतिक्रिया दिनुहोस्