काठमाडौं, चैत्र ४
नेकपा एमालेका नेता माधवकुमार नेपालले राष्ट्रिय भेला बोलाउनुको रहस्य पद रहेको खुलेको छ । नेकपा विभाजन भएकै भोलीबाट ब्याङकेटबाट अध्यक्ष बन्नु भएका नेता नेपाल निर्वाचन आयोग र सर्वोच्चको निर्णयबाट बर्खास्त हुनु भएको थियो ।
एउटा गुटको अध्यक्ष बनेको केही समयमा टुटेपछि अहिले आफ्नाविरुद्ध महाधिवेशनमा जित निकालेका पार्टीका निर्वाचित अध्यक्ष केपी शर्मा ओलीलाई हटाएर कार्यवहाक अध्यक्ष बन्ने दाउमा जुटेको खुलेको हो ।
नेता कार्यकर्ताको निक्कै कम उपस्थिति रहेको भेलामा उहाले अध्यक्ष ओलीले राजिनामा दिनुपर्ने र कार्यकारी अध्यक्ष बनाइनुपर्ने विषय छलफलमा चलाउन निर्देशन दिनु भएको एक नेताले जनताटाइम्सलाई जानकारी दिनुभयो । कार्यकारी अध्यक्षको नाम नखुलाएपनि त्यो भेलाले आफैलाई अध्यक्ष बनाउने विश्वासको साथ उहाले सो विषय उल्लेख गर्नुभएको एक नेताले जानकारी दिनुभयो ।
पार्टीलाई एकतावद्ध बनाएर अघि वढाउन भन्दै गरिएको भेलामा अध्यक्षबाट ओलीले राजिनामा दिनुपर्ने विषय पारित गर्नुपर्ने निर्देशन नेता नेपालले दिनु भएको छ । उहाले राजनीतिक प्रतिवेदनमा नेतृत्वलाई खुइल्याउने कुरा मात्र उल्लेख गर्नुभएको छ ।
सो विषय समूहगत छलफलमा चलाइने भएको छ । १० वटा समुह बनाएको भनिएपनि एउटा समुहमा कति जना छन् भनेर केही खुलाइएको छैन । भेलामा कति नेता कार्यकर्ता उपस्थित छन् भनेर खुल्ने भयले गर्दा केवल संख्या र टोली नेताको नाम मात्र विज्ञप्तीमार्फत सार्वजनिक गरिएको छ ।













प्रतिक्रिया दिनुहोस्