काठमाडौं, चैत्र ५
नेकपा एमालेका सांसदहरू लालबाबु पण्डित, तुलसी थापा र गंगा चौधरी लगायत संसदीय दलको बैठकका लागि बालुवाटार पुग्नु भएको छ । माधव नेपाल पक्षका नेताहरु भने सानेपाबाट बालुवाटार जाँदै गर्दा बीच बाटोबाट नै फर्किएको बताइएको छ ।
यसअघि कतै पनि सहभागी हुनु नभएका लालबाबु पण्डित संसदीय दलको नेता प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको बैठकमा सहभागी हुन बालुवाटार पुग्नु भएको छ । उहाले आफु आधिकारीक पार्टीको पक्षमा रहेकाले बैठकमा उपस्थित भएको बताउनु भयो ।
तेस्रो धार भन्दै दुवै तिर नखुल्नु भएका वामदेव गौतमकी पत्नी तुलसी थापा तथा यसअघि माधवकुमार नेपाल समूहमा रहनु भएकी गंगा चौधरी सत्गौवा पनि बैठकमा उपस्थित हुनु भएको छ ।
बैठकमा सहभागी हुनका लागि सूर्य चुनाव चिह्नबाट लडेका सबैलाई अनिवार्य उपस्थितिको लागि ह्वीप जारी गरिएको एमाले मुख्य सचेतक विशाल भट्टराईले जानकारी दिनुभयो ।












प्रतिक्रिया दिनुहोस्