काठमाडौं, चैत्र ५
नेकपा माओवादी केन्द्रले आज प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्ने भनेर खुव प्रचार गर्यो । विगतमा ओली नेतृत्वकै सरकारमा उर्जामन्त्री रहनु भएका नेता वर्षमान पुनले ५ गते निर्णायक हुने भन्दै प्रचार गर्नुभयो ।
माओवादी केन्द्रको प्रचारको विषय थियो, सरकार निर्माणमा महत्वपूर्ण मानिएको जनता समाजवादी पार्टी (जसपा)को कार्यकारीणी समितिको बैठक । सो बैठकबाट ओलीविरुद्ध निर्णय गराउने सो पार्टीका नेता डा. बाबुराम भट्टराईले आश्वासन माओवादीलाई दिनु भएको थियो । सोही आश्वासनअनुसार माओवादीले ५ गते निर्णायक हुने भनिरहेको थियो । तर, जसपाको बैठक नै स्थगित भएको छ ।
जसपाभित्र विवाद रहँदै आएको छ । संसदीय दलको नेता कसलाई बनाउने भन्ने विषयमा विवाद हुँदा बैठक स्थगित गरिएको छ । बैठक अब होली पछि मात्रै बस्ने नेताहरुले बताएका छन् । जसले गर्दा सरकारका विषयमा निर्णय हुन अझै केही दिन लाग्ने भएको छ ।













प्रतिक्रिया दिनुहोस्