जनता टाइम्स

५ चैत्र २०७७, बिहीबार १३:४८

एमालेको संसदीय बोर्डमा खनाल र नेपालपनि (नामसहित)


काठमाडौं, चैत्र ५

नेकपा एमालेको संसदीय बोर्डको प्रमुखमा दलका नेता एंव प्रधानमन्त्री केपी शर्मा ओली रहनु भएको छ । सो बोर्डमा चार जना पदेन सदस्यहरु रहने व्यवस्था अनुसार ओलीसहित सुवासचन्द्र नेम्वाङ, प्रमुख सचेतक विशाल भट्टराई र सचेतक शान्ता चौधरी रहनु भएको छ ।

बोर्डमा झलनाथ खनाल, माधव नेपाललाई पनि प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको दलको बैठकले २४ सदस्यीय संसदीय बोर्डमा निर्वाचित गरेको हो । बोर्डमा शेरबहादुर तामाङ, रघुवीर महासेठ, भुपेन्द्र थापा, खेम लोहनी, सरिता दाहाल, विमला विक पनि सदस्य मनोनित हुनुभयो ।

बोर्डका अन्य सदस्यमा सुमन प्याकुरेल, विमला राई पौडेल, बिन्दा पाण्डे, राधा ज्ञवाली, दामोदर भण्डारी, विद्या भट्टराई, रेखा झा, नारदमुनी राना, मोहन वानिया र राजेन्द्र राई रहनु भएको छ । बैठकले चैत्र सात गते विहान बोलाइएको संसदीय दलको बैठकमा उपस्थित हुन सबै सांसदलाई निर्देशन पनि दिएको छ ।

बोर्ड २७ सदस्यीय हुने भएपनि अहिले २४ सदस्य मात्र तोकिएको सांसद शेरबहादुर तामाङले जानकारी दिनुभयो । तीनजना पछि थपिने छन् ।