जनता टाइम्स

५ चैत्र २०७७, बिहीबार १९:५३

माधव समुह एमाले सकाउन लागेको पुष्टि : राष्ट्रिय भेलाले गर्यो प्रचण्डकै पक्षमा निर्णय, यो हो प्रमाण


काठमाडौं, चैत ५ । बिगत एक बर्षदेखि माओवादी अध्यक्ष पुष्पकमल दाहाल, प्रचण्डको निर्देशनमा चल्नुभएका एमाले बरिष्ठ नेता माधवकुमार नेपाल पार्टी समाप्त पार्नकै लागि एमाले फर्किएको नाटक गर्नुभएको पुष्टि भएको छ ।

अदालतले पूर्वपाटीृ ब्यूँताएपछि पेरिसडाँडामा बैठक गरेर एमाले फर्किएको नाटक गर्नुभएको बरिष्ठ नेता नेपाल समुहले राष्ट्रिय भेलाबाटै प्रचण्डको पक्षमा दृढतापुर्वक निर्णय गर्दै आफूहरु एमाले सकाउने अभियानमा रहेको प्रमाण दिएको हो । काठमाडौंमा सम्पन्न नेपालपक्षीय भेला विभिन्न १७ बुँदे प्रस्ताव पारित गर्दै प्रचण्डलाई दह्रो साथ दिएको छ भने अध्यक्ष केपी शर्मा ओलीबिरुद्ध निकृष्ट आरोप लगाएको छ ।

भेलाले एमाले र माओवादी केन्द्रलाई २०७५ जेठ २ गतेको अवस्थामा फर्काउने सर्वोच्च अदालतको फैसलाप्रति असहमति जनाएको छ । प्रचण्डको निर्देशन बमोजिम यस्तो प्रस्ताव पारित गरिएको हो ।