काठमाडौं, चैत ५ । काठमाडौं महानगरपालिका वडा नम्बर ३० सचिवलाई घुससहित रंगेहात पक्राउ परेका छन । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले वडासचिव भरत कुमार पोखरेललाई चार लाख रुपैयाँ घूस लिँदालिँदै आज रंगेहात पक्राउ गरेको हो ।
वडाको काम गरेका एक ठेकेदारको भुक्तानी रोकेर सचिव पोखरेलले घूस मागेको सूचना अख्तियारले पाएको थियो । अख्तियारको स्टिङ अप्रेशन टिम वडा कार्यालय पुग्दा सचिव पोखरेलले चार लाख रुपैयाँ दराजमा राखिसक्नुभएको थियो । पोखरेलले आफ्नो दराजमा रकम नराखेर इन्जिनियरको दराजमा राख्नुभएको थियो ।
सचिव पोखरेलले लिएको चार लाख रुपैयाँका प्रत्येक नोट अख्तियारले फोटोकपी गरेको थियो ।














प्रतिक्रिया दिनुहोस्