काठमाडौं, चैत्र ६
महान्यायाधिवक्ता अग्नी खरेल सक्रिय राजनीतिमा फर्कनु हुने भएको छ । केपी शर्मा ओली दोस्रो पटक प्रधानमन्त्री भएपछि खरेललाई २०७४ फागुन ८ गते महान्यायाधिवक्तामा नियुक्त गर्नुभएको थियो ।
यसअघि नै राजिनामा दिएर सक्रिय राजनीतिमा आउन खोज्नु भएका खरेल प्रतिनिधिसभा विघटन गर्ने निर्णयविरुद्ध मुद्दा परेपछि तत्कालका लागि राजीनामा दिने विषय रोकिएको थियो । अहिले भने पार्टी नेतृत्वसँग छलफल गरेपछि त्यसबारेमा आजै पत्रकार सम्मेलन गरेर निर्णय सार्वजनिक गर्ने बताइएको छ ।
झापाबाट सक्रिय राजनीति गर्दै आउनु भएका खरेल यसअघि संविधान सभाको सदस्य समेत रहनु भएको थियो । उहा नेकपा एमालेको केन्द्रीय कमिटी सदस्य समेत रहिसक्नु भएको छ ।













प्रतिक्रिया दिनुहोस्