काठमाडौं, चैत्र ६
महान्याधिवक्ता अग्नीप्रसाद खरेलले आफ्नो पदबाट राजीनामा दिनुभएको छ । उहाँले आज पत्रकार सम्मेलन गरी आफूले पद त्याग गरेको घोषणा गर्नुभएको हो ।
खरेलले आज विहान प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर आफुले राजिनामा दिएको बताउनु भयो । ‘राजीनामा गर्दा लुसुक्क किन गर्नेर ? तपाईंहरूकै अगाडि फेस टु फेस गरेर, तपाईंहरूका पनि केही कुरा छन् भने सुनौं भन्ने हिसावले पत्रकार सम्मेलन नै गरेको हुँ,’ राजीनामा दिएको जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा उहाले भन्नुभयो । खरेलले आफु तत्काल वकालतमा नफर्कने भन्दै क्रियाशील राजनीति गर्ने बताउनु भयो । ‘पार्टीको पूर्वत जिवनमा फर्किने निर्णय गरेको छु, मलाई कस्तो जिम्मेवारी दिइन्छ, त्यसैअनुसार अगाडी बढ्नेछु’, उहाले भन्नुभयो ।
केपी शर्मा ओली दोस्रो पटक प्रधानमन्त्री भएपछि खरेललाई २०७४ फागुन ८ गते महान्यायाधिवक्तामा नियुक्त गर्नुभएको थियो । खरेलले आफ्नो तीन वर्षेभन्दा बढि कार्यकालमा संविधान कार्यान्वयन गर्न ठुलो भूमिका खेलेको बताउनुभयो ।













प्रतिक्रिया दिनुहोस्