काठमाडौं, चैत्र ६
सरकारको २७ औं महान्यायाधिवक्तामा सरकारले अधिवक्ता रमेश बडाललाई नियुक्तिका लागि सिफारिस गरेको छ । अग्नी खरेलले पदबाट राजिनामा दिएपछि रिक्त रहेको पदमा बडाललाई नियुक्तिका लागि सिफारिस गरिएको हो ।
प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको मुख्य कानुनी सल्लाहकार महान्यायाधिवक्तामा अधिवक्ता बडाललाई नियुक्तिका लागि सिफारिस गर्नुभएको छ । बडाल नेकपा एमालेको जनवर्गीय संगठन नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)का केन्द्रीय सचिव पनि हुनुहुन्छ । श्रम कानूनका विज्ञ बडाल सक्षम र विवादरहित कानून व्यवसायीका रूपमा परिचित हुनुहुन्छ ।













प्रतिक्रिया दिनुहोस्