काठमाडौं, चैत्र ७
नेकपा एमालेको संसदीय दलमा बामदेव गौतम सहभागी हुनु भएको छ । झलनाथ खनाल र माधवकुमार नेपाल पक्षलाई चुनौति दिदै उहा पहिलो पटक संसदीय दलको बैठकमा सहभागी हुनु भएको हो ।
प्रधानमन्त्री निवास बालुवाटारमा जारी बैठकमा सहभागी हुनु भएको छ । खनाल–नेपाल पक्षले हिजो आयोजना गरेको एक कार्यक्रममा सबैलाई संसदीय दल र केन्द्रीय कमिटी बैठकमा सहभागी हुन गौतमले आव्हान गर्नुभएको थियो । तर, खनाल नेपाल भने सहभागी हुनु भएको छैन । यसअघि गौतम ओली वा नेपाल–खनाल समूहले गरेको कुनै पनि बैठकमा उपस्थित हुनु भएको थिएन ।













प्रतिक्रिया दिनुहोस्