काठमाडौं, चैत ८
गृह मन्त्रालयले गृह सचिव महेश्वर न्यौपानेसहित दुई महानिरीक्षकलाई पुरस्कृत गरेको छ । बेरुजु फर्स्योटमा उल्लेखनीय भूमिका निर्वाह गरेको भन्दै गृहसचिव न्यौपाने, तीनजना सहसचिव जनकराज दाहाल, द्रोण प्रोखरेल र श्रवणकुमार तिमिल्सिनालाई पुरस्कृत गरिएको हो ।
त्यसैगरी सशस्त्र प्रहरीक महानिरीक्षक शैलेन्द्र खनाल र नेपाल प्रहरीका महानिरीक्षक शैलेश थापालाई पुरस्कृत गरिएको छ ।गृहमन्त्री रामबहादुर थापाले मन्त्रालयमा आयोजित एक कार्यक्रममा उनीहरुलाई पुरस्कृत गरेका हुन् । रकमका हिसाबले सबैभन्दा कम बेरुजु सशस्त्र प्रहरीको रहेको कार्यक्रममा जानकारी गराइएको थियो ।













प्रतिक्रिया दिनुहोस्