जनता टाइम्स

९ चैत्र २०७७, सोमबार १२:१०

दुर्लभ एकसिंगे गैंडा गणना शुरु, बढ्ला त संख्या ?


काठमाडौं, चैत्र ९

चितवन राष्ट्रिय निकुञ्जसहित गैंडा पाइने नेपालका विभिन्न निकुञ्जमा ६ वर्षपछि गणना शुरु भएको छ । हात्तीका लस्कर लिएर मकवानपुरको मनहरी गाउँपालिका वडा नम्बर ७ रमौली प्रतापपुरबाट गैंडा गडनाको काम सुरु गरिएको हो ।

वन तथा भू–संरक्षणमन्त्री प्रेम आलेमगरले हात्तीमाथि चढेर गैंडा गणनाको कामको आज बिहान रमौली प्रतापपुरबाट सुरु गर्नुभयो । गैंडा गणनाका लागि हात्तीका लस्कर लागेका छन् ।

आर्थिक वर्ष २०७५–७६ मा चोरी सिकारबाट गैंडा मर्ने संख्या शून्य थियो । तर अन्य कारणले ४३ वटा गैंडा मरेका चितवन निकुञ्ज कार्यालयले जनाएको छ । सन् २०१५ को गणनामा नेपालमा ६ सय ४५ वटा गैंडा थिए । त्यसबेला चितवन निकुञ्जमा मात्रै ६ सय ५ वटा गैंडा पाइएको थियो ।