विराटनगर, चैत्र १०
नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले सरकारमा नजाने स्पष्ट पार्नुभएको छ । उहाले कांग्रेस सरकारमा पनि नजाने र अविश्वासको प्रस्ताव समेत नल्याउने स्पष्ट पार्नुभएको हो ।
विराटनगरमा मंगलबार पत्रकारसँग कुराकानीमा उहाले कांग्रेस विपक्षी पार्टी भएकाले सरकारमा नजाने प्रस्ट्याउनु भयो । ‘कांग्रेस सरकारमा कहिले जान्छ ?’ भन्ने पत्रकारको प्रश्नमा देउवाले भन्नुभयो, ‘कांग्रेसले सरकार बनाउँदैन, कांग्रेस विपक्षी पार्टी हो, तत्काल सरकारमा जाँदैन ।’
कांग्रेस अहिलेको सरकारलाई स्विकारेरै अघि बढ्छ त ? भन्ने सञ्चारकर्मीको जिज्ञासामा उहाले दोहोर्याए भन्नुभयो, ‘कांग्रेस विपक्षी पार्टी हो, विपक्षमै रहन्छ ।’













प्रतिक्रिया दिनुहोस्