जनता टाइम्स

१० चैत्र २०७७, मंगलवार १६:४२

उद्योगपतिको रोजाईमा एमाले, अग्रवाल पनि प्रवेश गरे


काठमाडौं, चैत्र १०

नेपालका उद्योगपतिहरुको रोजाईमा नेकपा एमाले पर्न थालेको छ । बालुवाटारमा केही दिनअघि २३५ उद्योगी सामुहिक रुपमा एमाले प्रवेश गरेका थिए । यसैक्रममा उद्योगपति राजेशकुमार अग्रवाल पनि नेकपा एमालेमा प्रवेश गर्नुभएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा एक कार्यक्रमका बीच प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले अग्रवाललाई स्वागत गर्नुभयो । प्रधानमन्त्री ओलीले अग्रवालबाट पार्टीमा राम्रो भूमिका निर्वाह हुने विश्वास व्यक्त गर्नुभयो ।

उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्यसमेत रहेका भैरहवा निवासी ४९ वर्षीय अग्रवाल अर्घाखाँची सिमेन्ट र श्री स्टिल प्रालिको महाप्रबन्धक हुनुहुन्छ । ‘प्रधानमन्त्रीले विकास र समृद्धिका लागि मुलुकलाई नेतृत्व दिइरहनुएको छ । उहाँको कदममा हामी उद्योग व्यवसायीले पनि साथ दिनुपर्छ भन्ने लागेर पार्टीमा प्रवेश गरेको हुँ’, अग्रवालले भन्नुभयो ।