जनता टाइम्स

१० चैत्र २०७७, मंगलबार १८:०४

भोलीदेखि पठाओ बन्द, सडकमा पठाओ देखिए कारबाही हुने


काठमाडौं, चैत १०

महानगरीय ट्राफिक प्रहरी महाशाखाले भोलीदेखि पठाओ चल्न नदिने भएको छ । ट्राफिक व्यवस्थापनमा समस्या आएको भन्दै महाशाखाले पठाओ सेवा सञ्चालन गर्न नदिने जनाएको हो । ट्याक्सी चालक र पठाओका राइडरबीच विवाद चुलिन थालेपछि ट्राफिक व्यवस्थापनमा समस्या आएको महाशाखाको भनाई छ ।

पठाओले मोटरसाइकल र ट्याक्सी दुबै सेवा दिँदै आएको छ । ट्राफिक महाशाखाका प्रवक्ता एसपी श्यामकृष्ण अधिकारीका अनुसार अब सडकमा पठाओ देखिएमा कारबाही हुनेछ ।