जनता टाइम्स

११ चैत्र २०७७, बुधबार ११:५४

प्रदेश–१ एमाले संसदीय दलको बैठकमा बहुमत बढि सांसद उपस्थित : आङबुहाङ पनि सहभागी


विराटनगर, चैत्र ११

नेकपा एमाले प्रदेश–१ को संसदीय दलको बैठकमा बहुमतबढि सांसद उपस्थित भएका छन् । संसदीय दलका नेता तथा मुख्यमन्त्री शेरधन राईको अध्यक्षतामा बसेको बैठकमा ५१ सांसदमध्ये ३० जना उपस्थित हुनु भएको छ ।

प्रदेशसभा भवनस्थित दलको कार्यालयमा बैठक सुरु भएको प्रमुख सचेतक बुद्धिकुमार राजभण्डारीले जानकारी दिनुभयो । बैठकमा संसदीय बोर्डको गठन र विधान संशोधनलगायतका विषयमा छलफल भईरहेको छ ।

बैठकमा माओवादी केन्द्रका संसदीय दलका नेता टंक आङबुहाङको पनि उपस्थिति छ । नेकपा हुँदा नै उहा प्रचण्ड–नेपाल पक्ष छाडेर ओलीको पक्षमा उभिनु भएको थियो ।