जनता टाइम्स

११ चैत्र २०७७, बुधबार १२:२०

माले बनाउँदा पनि उन्माद कम्ता थिएनन् : नेता पोखरेल


काठमाडौं, चैत्र ११

नेकपा एमालेका नेता शंकर पोखरेलले इतिहासबाट शिक्षा लिन माधवकुमार नेपाल समुहलाई आग्रह गर्नुभएको छ । एमालेभित्र रहेर आफ्नै गुट खुल्ला रुपमा र समानान्तर कमिटी गठन गरिरहनु भएका नेता नेपाललाई उहाले इतिहासबाट शिक्षा नलिनु भुल हुने बताउनु भएको हो ।

लुम्बिनी प्रदेशका मुख्यमन्त्री समेत रहनु भएका नेता पोखरेलले एमालेबाट माले बनेको इतिहास सम्झन आग्रह गर्नुभयो । ‘एमालेवाट माले बनाउदाका उन्माद कम्ता थिएनन् । तर त्यसले सयौ कार्यकर्ताको राजनीतिक जिवन समाप्त भयो । इतिहासवाट शिक्षा नलिनु भुल हुनेछ’, उहाले सामाजिक सञ्जालमा उल्लेख गर्नुभएको छ ।