जनता टाइम्स

११ चैत्र २०७७, बुधबार १४:१९

मुख्यमन्त्रीद्वय राई र पौडेलविरुद्धका अविश्वास प्रस्ताव फिर्ता लिने माधव पक्षको निर्णय


काठमाडौं, चैत ११

नेकपा एमालेको माधवकुमार नेपाल समूहले प्रदेश–१ र बागमती प्रदेशका मुख्यमन्त्रीविरुद्धको अविश्वास प्रस्ताव फिर्ता लिने निर्णय गरेको छ । सो समूहका शीर्ष नेताबीचको छलफलले प्रदेश १ का मुख्यमन्त्री शेरधन राई र बागमतीका मुख्यमन्त्री डोरमणि पौडेलविरुद्धको अविश्वास प्रस्ताव लिने निर्णय गरेको हो ।

प्रदेश १ का मुख्यमन्त्री राईविरुद्ध दर्ता भएको अविश्वास प्रस्तावमा नेकपा माओवादी केन्द्रका नेताको हस्ताक्षर भएकाले समर्थकको हस्ताक्षर फिर्ता लिने र बागमती प्रदेशमा दर्ता भएको प्रस्ताव नै फिर्ता लिने निर्णय भएको सो पक्षले जनाएको छ । माधव पक्षले अविश्वास फिर्ता लिने निर्णय गरेसँगै प्रदेश १ र बागमती प्रदेश सरकार सुरक्षित बनेको छ । अविश्वास प्रस्ताव फिर्ता यही साता लिने निर्णय भएको बताइएको छ ।