जनता टाइम्स

११ चैत्र २०७७, बुधबार १५:४९

ओलीबिरुद्धको मिसन निकै घातक बनेको प्रचण्डको स्विकारोक्ति


काठमाडौं, चैत ११ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, प्रचण्डले प्रधानमन्त्री केपी शर्मा आलीबिरुद्धको अभियान आफ्नै र पार्टीको लागि निकै महंगो सावित भएको स्वीकार गर्नुभएको छ । आफूनिकट नेताहरुसँगको अनौपचारिक छलफलमा प्रचण्डले ओली फाल्न लाग्दा आफूसहित माधवकुमार नेपाल समुह निकै ठुलो समस्यामा परेको जनाउ दिनुभएको हो ।

‘सिएमले प्रधानमन्त्रीबिरुद्धको मिसन निकै महंगो भयो, यो मिसनले ओलीप्रति नै जनताको आकर्षण बढ्यो, हामीहरु सोच्दै नसोचेको अवस्थामा पुगियो भन्ने निश्कर्ष सुनाउनु भयो,’ प्रचण्डसँगको अनौपचारिक छलफल उधृत गर्दै माओवादीका एक नेताले जनताटाइम्ससँग भने । उनका अनुसार प्रचण्डले ओलीबिरुद्ध लागेकै कारण पार्टी पनि बिभाजन भएको सन्देश जनतामा पुगेकोले आफूहरु नै गलत रहेको जनताको बुझाइलाई चिर्न तत्कालै नसकिने निचोड पनि प्रचण्डले सुनाउनु भएको छ ।

‘एमाले फुटाउने भनेको, माओवादी पनि फ्ट्यो, एमालेमा त माधवजीहरुको हरिबिजोग नै भयो, रेस्क्यू नै गर्न नसकिने अवस्था देखिदैछ,’ प्रचण्डको भनाई उधृत गर्दै ती नेताले भने । उनका अनुसार सर्वाेच्च अदालतले एमाले र माओवादी ब्यूँताएपछि आफ्नै सुझावमा माधव समुह एमाले फर्किए पनि अव एमालेमा स्थान नपाउने अवस्था बनेको दृष्टान्त पनि राख्नुभएको छ । एमाले फर्किएपछि प्रचण्डकै निर्देशनमा माधव समुहले बबण्डर मच्चाएपछि नेता नेपालसहित चार जनालाई स्पष्टिकरण सोधेको छ । माधव नेपाल, भीम रावल, सुरेन्द्र पाण्डे र घनश्याम भुसाललाई सोधिएको स्पष्टिकरणको समय आज सकिदैछ ।

‘यो कुराले एमालेमा बबण्डर त भयो तर माधवजीहरुको साथमा कुनै कार्यकर्ता नरहने अवस्था पैदा भयो, जुन हाम्रो लागि निकै घातक छ, अव माधवजीहरु आउँछु भन्दा पनि नेता मात्रै हुने, कार्यकर्ता र जनता नहुने अवस्था छ,’ प्रचण्डको निश्कर्ष छ । प्रधानमन्त्री तथा अध्यक्षबाट ओलीलाई कू गरेर हटाउने भारतीय षडयन्त्रको मतियार प्रचण्ड र माधव नेपाल समुह बनेपछि नेकपा नै बिभाजन भएको थियो । पार्टी बिभाजन र अदालतको फैसलाबाट एकता पूर्वको अवस्थामा पुगेपछि प्रचण्डले ओलीबिरुद्धको मिसन गलत रहेको स्वीकार गर्नुभएको हो ।