जनता टाइम्स

१२ चैत्र २०७७, बिहीबार १४:१९

कृषि तथा पशुपन्छीजन्य चार ओटा उत्पादनमा आत्मनिर्भर बन्यो नेपाल, प्रधानमन्त्रीले गर्नुभयो सवैको प्रसंशा


काठमाडौं, चैत १२ । नेपाल कृषि तथा पशुपन्छीजन्य चार ओटा उत्पादनमा आत्मनिर्भर बनेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज कृषि तथा पशुपन्छीजन्य चार उत्पादनमा नेपाल भएको घोषणा गर्नुभएको हो ।

कृषि मन्त्रालयद्वारा आज आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले नेपाल मासुजन्य उत्पादन, धुलो दूध, अण्डा र बटरमा आत्मनिर्भर बनेको घोषणा गर्नुभयो । ‘हामी हाम्रो देशलाई एक क्षेत्रमा एक कदम अगाडि बढाउन सफल भएका छौं । यो राष्ट्रिय खुशीको अवसर हो,’ आत्मनिर्भर बनेको घोषणा गर्दै प्रधानमन्त्री ओलीले भन्नुभयो ।

प्रधानमन्त्री ओलीले मुलुकको यस सफलतामा धेरैले योगदान दिएको बताउनु भयो । उहाँले ‘हरेक दिन एक कदम अगाडि’को नारा सार्थक पार्ने दिशामा सरकार अघि बढेको जानकारी पनि दिनुभयो । ‘हामी हरेक दिनजसो नयाँ–नयाँ उपलब्धि हासिल गर्दै, नयाँ–नयाँ उचाइ छुँदै अगाडि बढिरहेका छौं,’ प्रधानमन्त्री ओलीले भन्नुभयो ।