विराटनगर, चैत्र १३
प्रदेश १ मन्त्रिपरिषद्मा ४ मन्त्री र दूई राज्यमन्त्रीले सपथ लिनु भएको छ । सरकारका नवनियुक्त मन्त्रीहरुलाई प्रदेश प्रमुख सोमनाथ अधिकारीले शपथ गराउनु भएको हो ।
मन्त्रिपरिषद् पुनर्गठनमा माओवादीबाट एमाले प्रवेश गरेका प्रदेशसभा सदस्य टंक आङबोहाङ अर्थमन्त्री बनेका छन् । त्यस्तै रामबहादुर मगरलाई भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री र उषाकला राई सामाजिक विकासमन्त्रीमा नियुक्त भएकी छिन् ।
हाल राज्यमन्त्री रहनु भएका अम्बिर बाबु गुरुङलाई भौतिक पूर्वाधार विकास मन्त्री बनाइएको छ । त्यस्तै मोरङका राजकुमार ओझा वन राज्यमन्त्री र उदयपुरकी कला घले कृषि राज्यमन्त्री बन्नु भएको छ ।













प्रतिक्रिया दिनुहोस्