जनता टाइम्स

१३ चैत्र २०७७, शुक्रबार १३:४९

ग्लोबल आइएमई बैंकले खोल्यो आजै ३ शाखा, जम्मा शाखा संख्या २७३ पुग्यो


काठमाडौं, चैत १३

ग्लोबल आइएमई बैंकले आजदेखि तीनवटा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । बैंकले नवलपरासी जिल्लाको रामग्राम नगरपालिका–३, परासी, मोरङ जिल्लाको विराटनगर महानगरपालिका–४, कन्चनबारी र झापा जिल्लाको भद्रपुर नगरपालिका–५, भद्रपुरमा नयाँ शाखा सञ्चालनमा ल्याएको हो ।

तीन वटा नयाँ शाखा सञ्चालनमा आएसँगै बैंकको शाखा कार्यालयहरुको संख्या २७३ पुगेको छ । बैंकले देशका ७६ जिल्लामा फैलिएको २७३ शाखा सञ्जाल सहित २४२ एटिएम, ४७ एक्सटेन्सन काउण्टर तथा राजश्व संकलन काउण्टर, २५७ शाखा रहित बैंकिङ्ग सेवा र ३ अन्तर्राष्ट्रिय प्रतिनिधि÷सम्पर्क कार्यालय मार्फत सेवा प्रदान गर्दै आइरहेको छ ।