काठमाडौं, चैत्र १३
नेकपा एमालेको झलनाथ खनाल र माधवकुमार नेपाल पक्षलाई केन्द्रीय सदस्यले समेत साथ दिन छाडेका छन् । आफु पक्षमा ९० जना केन्द्रीय सदस्य रहेको दावी गर्दै आएको सो गुटमा करिव चार दर्जन सदस्यमात्र सहभागी भएका छन् ।
पार्टी प्यालेसमा आफ्नो गुटको केन्द्रीय कमिटीमा २०५ निर्वाचित केन्द्रीय सदस्यमध्ये ४५ जना उपस्थित भएको नेताहरुले बताएका छन् । तर, सो पार्टी प्यालेसका एक कर्मचारीले बताएअनुसार बैठकमा मुस्किलले ४० देखि ४५ जना रहेको बताए । तयारी ९० देखि १०० जनाको गरेको भएपनि हल पुरै खाली रहेको उनले बताए ।
नेता नै उपस्थित नभएपछि ११ बजेका लागि भनेर बोलाइएको बैठक १२ बजेपछि मात्रै शुरु भएको थियो । सो गुटका नेताहरुले भने केही सदस्य उपत्यकाबाहिर भएकाले सबै सदस्य सहभागी नभएको दाबी गरेको छ ।
सो गुट त्यागेर एमालेको संस्थापन पक्षमा आउनु भएका सांसद कृष्णभक्त पोखरेलले पनि सो समुहमा मुस्किलले एमालेका मध्ये १० प्रतिशत नेता कार्यकर्ता भएको बताउनु भएको छ । त्यहा नेताहरुको आकर्षण निक्कै रहेको उहाको भनाई छ । पार्टीको आधिकारीक बैठक बहिष्कार गर्ने तर माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग भने दिनका दिन गोप्य भेटवार्ता गर्ने गरेपछि सो समुहभित्र विद्रोह उत्पन्न भईसकेको नेताहरुको भनाई छ ।
‘एमालेलाई एक ढिक्का बनाउन नेतृत्वसँग छलफल गर्नुपर्नेमा अर्को पार्टीका अध्यक्षसँग निरन्तर छलफल गर्नु शंकास्पद देखिन्छ’, नेपाल गुटमै रहेका एक केन्द्रीय सदस्यले भन्नुभयो, ‘यो त एमाले सकाउने र माओवादी जगाउने काम भयो नि, त्यो त स्विकार गर्न सकिन्न ।’ केन्द्रीय कमिटी बैठकपछि खनाल–नेपाल पक्षले सांसदहरूसँग पनि परामर्श गर्ने भएको छ ।













प्रतिक्रिया दिनुहोस्