काठमाडौं, चैत्र १३
उपत्यकाको मौषम बदलीसँगै काठमाडौंको आकाश धुलोले ढाकेको छ । दिउँसो करिव २ बजेतिरबाट भिजिविलीटी कम हुँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सहितका अन्य विमानस्थलहरूमा उडान प्रभावित भएका छन् ।
केही दिनयता पानी नपर्दा हावा चलिरहेपनि बग्न नपाउँदा प्रदुषण बढेको मौसम विभागले बताएको छ । पानी नपर्दासम्म यस्तो रहिरहने बताउँदै विभागले केही दिनसम्म यस्तो भइरहने बताएको छ । भारतको राजस्थानमा बढ्दै गइरहेको प्रदुषण र नेपालका विभिन्न ठाउँमा बढिरहेको डढेलोको प्रभाव देखिएर यस्तो भएको विभागले जनाएको छ ।

यता, धुलो धुवाँबाट जोगिन स्वास्थ्यकर्मीहरूले सुझाव दिएका छन् । स्वासप्रश्वासका विरामीहरूलाई बढी असर गर्ने भन्दै सावधानी अपनाउन आग्रह गरेका छन् । तत्कालिन रूपमा आँखा पोल्ने, आँखा चिलाउने, आँखा रातो हुने लगायतका लक्षणहरू देखिने र पछि दीर्घकालमा समेत असर पर्ने बताएका छन् । सकभर घर बाहिर ननिस्कन र निस्किहाले पनि शरीर ढाक्ने कपडा लगाउने, मास्क तथा चस्मा लगाएर निस्किन जनस्वास्थ्यविद्हरुको सुझाव छ ।













प्रतिक्रिया दिनुहोस्