काठमाडौं, चैत्र १४
विश्वको चर्चित म्याप साइट गुगल म्यापले नेपालको चुच्चे नक्सालाई समावेश गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले चुच्चे नक्सा प्रकाशन गरेको झण्डै १० महिनापछि समावेश गरेको हो ।
गुगलले नेपालले नयाँ नक्सामा दावी गरेको भू–भागलाई टुक्रे धर्काद्वारा देखाएको छ । यसको अर्थ विवादित क्षेत्र भनेर चिनिने गरिन्छ । यद्यपी यसअघि भने नेपालको पुरानै नक्सा मात्र राखिएको थियो ।
सरकारले २०७७ जेठ ७ गते कालापानी, लिपुलेक र लिम्पियाधुरा समेटिएको नेपालको नयाँ राजनैतिक नक्सा औपचारिक रुपमा सार्वजनिक गरेपनि जेठ ३१ गते संसदबाट सर्वसम्मत रुपमा पारित भएको थियो ।













प्रतिक्रिया दिनुहोस्